२०८३ साउन २१ गते बिहीबार

अब ७० कटेका नेताहरु आराम गरौं, नयाँलाई अवसर दिनुपर्छ: अध्यक्ष नेपाल

अब ७० कटेका नेताहरु आराम गरौं, नयाँलाई अवसर दिनुपर्छ: अध्यक्ष नेपाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १५ गते शुक्रबार ०२:३४

उनले देशमा आर्थिक संकटबीच पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आफनै नेतृत्वको जनयुद्वका अयोग्य लडाकुहरुलाई दुई दुई लाख दिने निर्णयको विरोध गरे ।

धनुषा

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उपनिर्वाचनको परिणामले मुलधारका पार्टीहरुलाई समयमै समीक्षासहित सुध्रिन सन्देश दिएका बताएका छन् ।

उनले यो परिणामले उमेर ढल्किएका नेताहरुलाई आराम गर्न सन्देश दिएको पनि उल्लेख गरेका छन् ।

जनकपुरधाममा शुक्रवार समाजवादी पत्रकार संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले चितवन, तनहुँ र बाराको उपनिर्वाचनको परिणामले सचेत बन्न सन्देश दिएको बताए ।

उनले भने ‘ देशका हालका मुख्य र मुलधारका पार्टीहरु समयमै समीक्षा सहित सुध्रिन सन्देश दिएकाले त्यसको तत्कालै समीक्षा र सुधार हुन आवयश्क छ । ’

पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सत्तरी वर्ष लागेका नेताहरु आराम गर्नुको विकल्प नरहेको भन्दै उनले स्वयम आफु लगायत त्यस्ता सम्पूर्ण नेताहरुलाई पुस्तान्तरणका लागि आहवान गरे ।

उनले भने ‘ उमेर ढल्किएका नेताहरुले अब आराम गरे हुन्छ, नयाँलाई अवसर दिनुपर्छ अब । ’

उनले देशमा आर्थिक संकटबीच पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आफनै नेतृत्वको जनयुद्वका अयोग्य लडाकुहरुलाई दुई दुई लाख दिने निर्णयको विरोध गरे । त्यस्तै उनले समाजवादी मोर्चाका लागि पनि अव पहल सुरु हुने बताए । माओवादी र जसपासंग मात्र नभइ बिप्लव समूहसंग समेत कुराकानी भइरहेको बताउदै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलन बचाउन मोर्चा बनाइने बताए ।

प्रकाशित मिति २०८० वैशाख १५ गते शुक्रबार ०२:३४
हजुरको प्रतिक्रिया