काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टी सुशासन र विकासको पक्षमा रहेको बताएका छन् ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी शुसासन, विकास र सेवा प्रवाहलाई छरितो गर्न सकिन्छ भनेर स्पष्ट दृष्टिकोण बनाएर हिडिरहेको बताए ।
उनले भने ‘ राष्ट्रिय प्रजातन्त्र पार्टी सुशासनको पक्षमा छ । विकासको पक्षमा छ । सेवा प्रवाहलाई कसरी सजिलो र छरितो गर्न सकिन्छ भनेर राप्रपासंग स्पष्ट दृष्टिकोण छ भन्ने कुरा प्रमाणीत छ । भ्रष्टाचार नगरेर पनि राम्रो संग काम गर्न सकिन्छ भनेर प्रमाणित गरेका छौ । निर्णय क्षमता देखाएका छौ । ’
नेपालको राजनीति पुस्तान्तरणको प्रक्रियामा रहेको उनको भनाइ छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पुस्तान्तरण गर्ने पहिलो पार्टी बनेको जिकिर गर्दै उनले पुस्तान्तरणको प्रभाव अन्य राजनीतिक दलमा छोडन सफल भएको पनि अध्यक्ष लिङदेनले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी संसदमा १ सिटवाट १४ सिटमा ल्याउन सफल चर्चा गर्दै उनले अघिल्लो संसदमा रहेका राजनीतिक दलको लोकप्रियता झरेको बेला आफ्नो पार्टीको मात्र लोेकप्रिय मतमा वृद्वि भएको बताए ।
अध्यक्ष लिङ्देनले एउटा दलको विचार मन नपरे अर्को छान्न पाउँने व्यवस्थामा नेपाली जनता रहेको भन्दै अहिलेको मार्ग चित्र असफल भए पछि विकल्पको मार्ग चित्र अवलम्बन गर्नु पर्नेमा जोड दिए ।
देश आर्थिक समस्याग्रस्त हुने बाटोमा पुगेको भन्दै अब राजनीतिक दलहरुहरुमा बाटो सच्याउने बेला आएको र राजनीतिक व्यवस्थामा पुनर्विचार गर्न जरुरी रहेको पनि धारणा पनि उनको थियो ।
प्रकाशित मिति २०८० वैशाख १५ गते शुक्रबार ०६:४२




