२०८३ साउन २१ गते बिहीबार

अयोग्य लडाकुलाई राहत दिने निर्णयविरुद्ध पोखरामा अनेरास्ववियुले निकाल्यो राँके जुलुस

अयोग्य लडाकुलाई राहत दिने निर्णयविरुद्ध पोखरामा अनेरास्ववियुले निकाल्यो राँके जुलुस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १५ गते शुक्रबार ०९:३६

अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले क्याम्पस गेटअघि शुक्रबार साँझ प्रदर्शन गरेको हो । विद्यार्थी नेताहरूले सरकारविरुद्ध नाराबाजी गर्दै राँके जुलुस निकालेका थिए ।

पोखरा । सरकारले सशस्त्र द्वन्द्वकालका माओवादी अयोग्य लडाकुलाई राहत वितरण गर्न लागेको विरोधमा नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले पोखरामा प्रदर्शन गरेको छ । अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले क्याम्पस गेटअघि शुक्रबार साँझ प्रदर्शन गरेको हो ।

विद्यार्थी नेताहरूले सरकारविरुद्ध नाराबाजी गर्दै राँके जुलुस निकालेका थिए ।

गृह मन्त्रालयले अयोग्य लडाकुहरूलाई राहत वितरण गर्ने गरी सशस्त्र द्वन्द्वका अयोग्य लडाकुहरूलाई राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७९’ तयार गरी जारी गरेको छ । कार्यविधिबमोजिम प्रक्रिया पुगेका अयोग्य लडाकुहरूले प्रति लडाकु दुई लाख रुपैयाँ राहत रकम पाउने छन् ।

देशले आर्थिक संकट झेल्नुपर्ने अवस्था आइरहेकाबेला यसरी राज्य कोष दोहन गर्न दिनु हुँदैन भन्ने मान्यतासहित आफूहरु विरोधमा उत्रिएको अनेरास्ववियु पीएन क्याम्पस कमिटी अध्यक्ष विष्णु पोखरेलले बताए । उनले संसदमा पार्टीले पनि विरोध गरिसकेको र सडकमा आफूहरु उत्रिएको बताए ।

प्रकाशित मिति २०८० वैशाख १५ गते शुक्रबार ०९:३६
हजुरको प्रतिक्रिया