२०८३ साउन २१ गते बिहीबार

एसीसी प्रिमियर कपः नेपालले कुवेतसँग खेल्दै

एसीसी प्रिमियर कपः नेपालले कुवेतसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १६ गते शनिबार ०७:५५

बिहिबार भएको खेलमा नेपालले कतारलाई हराएर समूह ‘ए’ को विजेता बन्दा हङकङलाई हराउँदै कुवेत समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

काठमाडौं

एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुग्ने लक्ष्याका साथ नेपालले आज कुवेतसँग खेल्दैछ । खेल कीर्तिपुर मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

बिहिबार भएको खेलमा नेपालले कतारलाई हराएर समूह ‘ए’ को विजेता बन्दा हङकङलाई हराउँदै कुवेत समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट, दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो भने तेस्रो खेलमा वर्षाका कारण साउदी अरेबियासँग अङ्क बाँडेको थियो ।

यस्तै, अर्को सेमिफाइनलमा समूह ‘बी’ को विजेता यूएईले समूह ‘ए’ को उपविजेता ओमानसँग खेल्दैछ । यो खेल मूलपानी मैदानमा बिहान ९ बजे नै सुरु हुनेछ ।
आज जित्ने टोलीले उपाधिका लागि सोमवार कीर्तिपुर मैदानमा खेल्नेछन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

प्रकाशित मिति २०८० वैशाख १६ गते शनिबार ०७:५५
हजुरको प्रतिक्रिया