२०८३ असोज २४ गते शनिबार

ट्रेड युनियन काँग्रेस कास्कीको अधिवेशन सोमबार हुने

ट्रेड युनियन काँग्रेस कास्कीको अधिवेशन सोमबार हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १६ गते शनिबार ०४:५२

नेपाली काँग्रेसनिकट नेपाल ट्रेड युनियन, कास्कीको सातौँ अधिवेशन सोमबार पोखरामा हुने भएको छ ।

पोखरा । नेपाली काँग्रेसनिकट नेपाल ट्रेड युनियन, कास्कीको सातौँ अधिवेशन सोमबार पोखरामा हुने भएको छ ।

ट्रेड युनियनले शनिबार पत्रकार सम्मेलन गरेर सो दिन बिहान ८ बजेदेखि अधिवेशनको कार्यक्रम सुरु हुने जानकारी दिएको हो । कांग्रेस केन्द्रीय सहमहामन्त्री जीवन परियारले अधिवेशनको उद्घाटन गर्ने छन् । संगठनको गतिविधि, आर्थिक गतिविधि र भावी नीतिबारे छलफल हुने र आगामी चार वर्षे कार्यकाललाई नयाँ नेतृत्व चयन गरिने छ ।

अधिवेशनमा २ सय जना प्रतिनिधि सहभागी हुने युनियन अध्यक्ष विजयराज भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति २०८० वैशाख १६ गते शनिबार ०४:५२
हजुरको प्रतिक्रिया