२०८३ असोज २४ गते शनिबार

नेपाल फाइनलमा

नेपाल फाइनलमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १६ गते शनिबार ०४:५७

अब फाइनल खेल सोमबार हुनेछ ।

काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल फाइनलमा पुगेकाे छ । फाइनलमा नेपालले युएईकाे सामना गर्नेछ ।

नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह बिजेता भई सेमिफाइनल प्रवेश गरेका आधारमा सोझै फाइनलमा पुगेको छ भने युएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई हराउँदै फाइनलमा पुगेको हो । युएई २ रनले विजयी हुँदै फाइनल पुगेको हो ।

त्रिवि मैदानमा नेपाल र कुवेतबीचको खेल वर्षाका कारण प्रभावित भयो । वर्षाका कारण ओभर घटाइएको खेलमा नेपालले डीएलएस प्रणालीका आधारमा २८१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको कुवेतले ८।३ ओभरमा ६ विकेट गुमाएर ३७ रन जोड्दा खेल वर्षाका कारण पुनस् रोकिएको थियो ।

कुवेतले २० ओभरसम्म नखेलेका कारण डीएल प्रणालीबाट नतिजा दिन नमिल्ने भएका कारण कुवेत र नेपालबीचको खेल अर्थहीन रह्यो । नेपाल एसीसी प्रिमियर कपमा समूह विजेता भएर सेमिफाइनल प्रवेश गरेका आधारमा फाइनलमा पुगेको हो ।

उता युएईले भने डीएल प्रणालीका आधारमा ओमानलाई २ रनले पराजित गर्‍यो । युएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो ।

अब फाइनल खेल सोमबार हुनेछ । कुवेत र ओमानले तेस्रो स्थानका लागि आइतबार खेल्नेछन् ।

प्रकाशित मिति २०८० वैशाख १६ गते शनिबार ०४:५७
हजुरको प्रतिक्रिया