२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या ८ हजार पुग्याे

गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या ८ हजार पुग्याे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १८ गते मंगलबार ०९:२२

पाेखरा । गण्डकी प्रदेशमा काेभिड - १९ बाट संक्रमित हुनेकाे संख्या ८ हजार पुगेकाे छ । कुल ९२ हजार ४२ जनाकाे परिक्षण गर्दा ८ हजार जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । प्रदेशमा...

हालसम्म ८८ जनाकाे ज्यान गयाे, ३ हजार ३९० सक्रिय संक्रमित

पाेखरा । गण्डकी प्रदेशमा काेभिड – १९ बाट संक्रमित हुनेकाे संख्या ८ हजार पुगेकाे छ । कुल ९२ हजार ४२ जनाकाे परिक्षण गर्दा ८ हजार जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

प्रदेशमा हालसम्म ४ हजार ५२२ जना काेराेनाबाट निकाे भएर घर फर्किसकेका छन । काेराेनाका कारण हालसम्म ८८ जनाले ज्यान गुमाएका छन भने प्रदेशमा हाल ३ हजार ३९० जना सक्रिय संक्रमित रहेका छन ।

यस्तै, पछिल्लाे २४ घण्टामा प्रदेशमा कुल ७ सय ३९ जनाकाे स्वाव लिइयाे जसमा १३७ जनामा काेराेनाकाे संक्रमण पुष्टि भयाे । याे अवधीमा ११६ जना निकाे भएर घर फर्किँदा ८ जनाले ज्यान गुमाए ।

यता, कास्कीमा सक्रिय संक्रमितकाे संख्या २ हजार नजिक पुगेकाे छ । याे समाचार तयार पार्दासम्म कास्कीमा १ हजार ९८८ जना सक्रिय संक्रमित रहेकाे निर्देशनालयले उल्लेख गरेकाे छ । कास्कीमा हालसम्म २ हजार ७९३ जनामा काेराेना पुष्टि भएकाे छ ।  ७७२ निकाे भएका छन भने हालसम्म ३३ जनाले ज्यान गुमाइसकेका छन ।

 

प्रकाशित मिति २०७७ कात्तिक १८ गते मंगलबार ०९:२२
हजुरको प्रतिक्रिया