२०८३ साउन २१ गते बिहीबार

महावीर र सरकारबीच छलफल, वार्ता टोली बनाइने

महावीर र सरकारबीच छलफल, वार्ता टोली बनाइने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १७ गते आइतबार ०२:४२

दुवै पक्षबीच वार्ता टोली गठन गर्ने निर्णय भएको उनले जानकारी दिए । आफ्ना माग सरकारले भोलि सोमवारसम्ममा पूरा गर्ने प्रतिबद्धता जनाएको पुनले बताए ।

पोखरा

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच आज वार्ता भएको छ । रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का, मुख्य सचिव शंकरदास वैरागी र महावीर पुनको टोलीबीच रक्षा मन्त्रालयमा छलफल भएको हो । पुनका अनुसार सरकारसँगको वार्ता सकारात्मक रहेको छ ।

दुवै पक्षबीच वार्ता टोली गठन गर्ने निर्णय भएको उनले जानकारी दिए । आफ्ना माग सरकारले भोलि सोमवारसम्ममा पूरा गर्ने प्रतिबद्धता जनाएको पुनले बताए ।

वैज्ञानिक पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा बजेट मागसहित अस्ति शुक्रबारदेखि माइतीघरमा धर्ना थालेका थिए । अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका आफ्नो माग पूरा नभएपसम्म धर्ना कायम रहने उनको भनाइ छ । आविष्कार कोष बनाउनुपर्ने तथा अर्थतन्त्र सुधार गरी युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न सरकारले सहज वातावरण सिर्जना गर्नुपर्ने लगायतका माग राखेका छन् ।
सरकारलाई दबाब दिन उनले सुरु गरेको धर्नामा युवा तथा विभिन्न राजनीतिक दल र संघ–संस्थाका प्रतिनिधिले साथ दिएका छन् ।

 

 

प्रकाशित मिति २०८० वैशाख १७ गते आइतबार ०२:४२
हजुरको प्रतिक्रिया