२०८३ साउन २१ गते बिहीबार

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २१ गते बिहीबार ०८:३७

गण्डकीमा आलो–पालो गर्ने सत्तारुढको सहमतिअनुसार मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई मन्त्रीका आकांक्षी धेरै हुँदा मन्त्रिपरिषदलाई पूर्णता दिन सकस देखिएको छ ।

मन्त्री बन्न सत्ता साझेदार दलका सांसदहरुको धौडधूप

पोखरा

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिदैंछन् । आज दिउँसो २ बजे बस्ने गण्डकी प्रदेश सभामा उनले विश्वासको मत लिने भएका हुन् ।

वैशाख १४ गते मुख्यमन्त्री नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेले १५ वैशाखमा शपथ ग्रहण गर्नुका साथै २ जना मन्त्री नियुक्त गरेका थिए । नेपाली कांग्रेसबाट सरस्वती अर्याल र नेकपा माओवादीबाट सुशीला सिंखडा विना विभागीय मन्त्री नियुक्त भएका हुन् । पाण्डेले कांग्रेसका २७, नेकपा माओवादीका ७ र एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ ‘दीपक मनाङे’ले समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

गण्डकीमा आलो–पालो गर्ने सत्तारुढको सहमतिअनुसार मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई मन्त्रीका आकांक्षी धेरै हुँदा मन्त्रिपरिषदलाई पूर्णता दिन सकस देखिएको छ । मन्त्री बन्न केन्द्रदेखि प्रदेशसम्म कसरत भइरहेको छ । आज विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी मुख्यमन्त्री पाण्डेले गरेका छन् ।

सत्ता साझेदार दलहरुका सांसदहरु मन्त्री बन्नका लागि धौडधुपमा छन् । मन्त्रालय घटे पनि आकांक्षी धेरै भएका कारण पाण्डेलाई मन्त्रिपरिषद विस्तार गर्न त्यति सहज छैन । अब माओवादीबाट थप १ जना र बाँकी मन्त्री कांग्रेसबाट बनाउने सोचमा मुख्यमन्त्री छन् । एकीकृत समाजवादीमा गएका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङें) पनि मन्त्री बन्ने दाउमा । यो विषयलाई केन्द्रले नै टुंग्याउने भएकाले यसमा मुख्यमन्त्री पाण्डेले वास्ता नगरेको स्रोतको भनाइ छ ।

पार्टीभित्रै गुट व्यवस्थापनदेखि लैंगिक, जातीय र भौगोलिक सन्तुलन मिलाउन पाण्डेले ठूलै कसरत गर्नुपर्ने देखिएको छ । अब कांगे्रसले बढीमा ३ र कम्तीमा २ मन्त्रालय पाउँछ । कांग्रेसबाट कास्कीका बिन्दुकुमार थापा, सरस्वती गुरुङ र प्रकाश बराल, लमजुङका डा. टकराज गुरुङ, नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका जीत शेरचन, रेखा गुरुङ, डिल्ली सुवेदीको मन्त्रीमा चर्चा छ । कांग्रेसले मन्त्रीसँगै संसदभित्रका पदाधिकारी पनि टुंगाउन बाँकी छ ।

माओवादीबाट रेशम जुग्जाली मगर पुनः मन्त्री बन्ने चर्चा छ भने ३ मन्त्रालय माओवादीले पाएमा फणिन्द्र देवकोटा पनि मन्त्री बन्ने सम्भावना रहेको माओवादी स्रोतको दाबी छ ।

प्रकाशित मिति २०८० वैशाख २१ गते बिहीबार ०८:३७
हजुरको प्रतिक्रिया