२०८३ साउन २१ गते बिहीबार

पोखरा स्पोर्टस् अवार्डः वर्ष उदीयमान खेलाडी क्रिकेटर सुवास

पोखरा स्पोर्टस् अवार्डः वर्ष उदीयमान खेलाडी क्रिकेटर सुवास

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २३ गते शनिबार ०४:२१

क्रिकेटर सुवास भण्डारी पोखरा पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणको वर्षोत्कृष्ट उदीयमान खेलाडी घोषित भएका छन् ।

पोखरा
क्रिकेटर सुवास भण्डारी पोखरा पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणको वर्षोत्कृष्ट उदीयमान खेलाडी घोषित भएका छन् ।
उनीसँगै उत्कृष्ट ३ मा परेका फुटबलका सुमित श्रेष्ठ र भलिबलका रवि केसीलाई पछि पार्दै उनी वर्ष उदीयमान खेलाडी घोषित भएका हुन् ।
१९ वर्षीय सुवास भण्डारी नेपाली राष्ट्रिय यु १९ का पहिलो रोजाइका अलराउन्डर हुन् भने गण्डकी प्रदेशका सोही टोलीका टिम कप्तानसमेत हुन् । नेपाललाई यु १९ विश्वकप छनोटमा पुर्याउन उनको ठूलो योगदान रह्यो ।
नेपालले क्रीकेटको यु १९ विश्वकप खेल्दैछ । भण्डारीले यसअघि विश्वकप छनोटका लागि पाँच खेल खेले । पाँच खेलमा उनले कुल ७ विकेट लिए । चार खेलमा उनले विकेट लिएका हुन् ।
सिंगापुर विरुद्ध १० ओभरमा २३ रन खर्चेर २ विकेट लिए । हङकङ विरुद्धको खेलमा १० ओभरमा १० रन खर्चेर २ विकेट लिए । मलेसिया विरुद्धको खेलमा ९ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।
युएई विरुद्ध १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । भण्डारी बागलुङमा जन्मिएपनि खेलथलो भने कास्की हो । कास्कीमा नै रहने क्रीकेट सुरु गरिरहेका उनी गण्डकीका मुख्य खेलाडी मध्येकै एक हुन् ।
राष्ट्रिय टिममा पर्नुअघि भएको प्रदेशस्तरीय छनोट खेलमा ६ खेल्दा १४ विकेट लिएका थिए । उनले विकेटमात्र होइन ६ खेलमा १२४ रन बनाएका थिए ।
प्रदेश छनोट पश्चात उनी सुरुआती २८ मा पर्न सफल भए । उक्त क्याम्पमा ५ खेलमा १५ विकेट लिँदा कुल १ सय २० रनसमेत बनाए । २८ पछि अन्तिम १८ हुँदै अन्तिम १४ मा पर्न सफल भए ।
‘वर्ष उदीयमान खेलाडी घोषणा हुन पाउँदा खुसी लागेको छ । सबैलाई धेरै धन्यवाद,’ पुरस्कृत भइसकेपछि भण्डारीले भने ।
प्रकाशित मिति २०८० वैशाख २३ गते शनिबार ०४:२१
हजुरको प्रतिक्रिया