२०८३ असोज २४ गते शनिबार

सातौं पोखरा स्पोर्टस् अवार्डः वर्षोत्कृष्ट प्रशिक्षक बने आर्चरीका किशोर

सातौं पोखरा स्पोर्टस् अवार्डः वर्षोत्कृष्ट प्रशिक्षक बने आर्चरीका किशोर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २३ गते शनिबार ०५:१४

वर्षोत्कृष्ट प्रशिक्षकको उत्कृष्ट ३ मा परेका टेनिशका निरज थापा र आइटिएफ टेक्वान्दोका सुरज सुनार परेका थिए ।

पोखरा
खेलकुद पत्रकार मञ्च गण्डकीले बर्सेनि गर्दै आइरहेको पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणको वर्षोत्कृष्ट प्रशिक्षक आर्चरीका किशोरकुमार गुरुङले हात पारेका छन् ।

वर्षोत्कृष्ट प्रशिक्षकको उत्कृष्ट ३ मा परेका टेनिशका निरज थापा र आइटिएफ टेक्वान्दोका सुरज सुनार परेका थिए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरीले गण्डकी प्रदेशलाई अत्याधिक १३ पदक जिताउँदा किशोर कुमार गुरुङले टोली प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

उनकै प्रशिक्षणमा रहेको आर्चरी टिमले गण्डकीलाई ७ स्वर्ण, ४ रजत तथा २ कास्य सहित १३ पदक जित्न सफल भएको थियो ।

६५ वर्षीय गुरुङ सिंगापुर पुलिस फोर्समा रहँदा पनि आर्चरी खेल सिकाए थिए । सन् १९९८ तिर सिंगापुरमै रहँदा भारतीय प्रशिक्षक लक्ष्मणबाट उनले यो खेल सिकेका हुन् ।

सिंगापुरबाट नेपाल आएपछि सन् २००४ मा उनले नेपालमा यो खेल सिकाउन सुरु गरे । उनको प्रशिक्षणमा नेपालले थुप्र्रै आर्चरी प्रतिभाहरु जन्माइसकेको छ ।

पुरस्कृत गुरुङले आर्चरीभन्दा पहिला सुटिङ सुरु गरेका थिए । तर, पछि कारणवश सुटिङ छोड्दै आर्चरीमै लागेका हुन् ।

स्याङ्जा–१, आँधीखोलामा बुवा स्व. लोकबहादुर गुरुङ र आमा स्व.सिजा गुरुङको कोखबाट जन्मिएका किशोर हाल पोखरा–१५ लक्ष्मीटोलमा बसोबास गर्दै आएका छन् ।

सातौं पोखरा स्पोर्टस् अवार्डको वर्ष उदीयमान खेलाडी क्रिकेटका सुवास भण्डारी, वर्षोत्कृष्ट खेल पत्रकार सागरराज तिमिल्सिना र स्व. निसिम थापालाई कीर्तिशेष सम्मान दिइएको छ ।

प्रकाशित मिति २०८० वैशाख २३ गते शनिबार ०५:१४
हजुरको प्रतिक्रिया