गण्डकी प्रदेशमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ९३ पुग्याे
पाेखरा । काेराेना भाइरसका कारण पाेखरामा बुधबार थप ६ जनाकाे ज्यान गएकाे छ । पाेखरा महानगरपालिका- १६ का २८ बर्षीय एकजना पुरूषसहित ६ जनाकाे ज्यान गएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले उल्लेख गरेकाे छ ।
पाेखरा महानगरपालिका वडा नं. १६ का २८ बर्षीय पुरूषकाे पाेखराकाे मनिपाल टिचिङ हस्पिटलमा १८ गते बिहान मृत्यु भएकाे हाे । उनमा कार्तिक १६ गते काेराेना पुष्टि भएकाे भएकाे थियाे ।
पाेखरा महानगरपालिका-३२ का ४२ बर्षीय पुरूषकाे मंगलबार पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा उपचारकै क्रममा मृत्यु भएकाे छ । उनमा १६ गते काेराेना पुष्टि भएकाे थियाे ।

पाेखरा महानगरपालिका २६ का ७३ बर्षीय पुरूषकाे बुधबार बिहान पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएकाे छ । नीजमा गत १५ गते काेराेना पुष्टि भएकाे थियाे ।
पाेखरा महानगरपालिका- २५ का ५२ बर्षीय पुरूषकाे बुधबार बिहान पाेखराकाे चरक मेमाेरियल हस्पिटलमा उपचारकै क्रममा ज्यान गएकाे छ । उनमा गत १५ गते काेराेना पुष्टि भएकाे निर्देशनालयले जनाएकाे छ।
यस्तै, पाेखरा महानगरपालिका-१६ का ५९ बर्षीय पुरूषकाे मंगलबार बेलुकी पाेखराकै चरक मेमाेरियल हस्पिटलमा उपचारका क्रममा ज्यान गएकाे छ । उनमा गत १५ गते काेराेना पुष्टि भएकाे थियाे ।
यता, तनहुँकाे व्यास नगरपालिका-४ का ७० बर्षीय पुरूषकाे पाेखराकाे चरक मेमाेरियल हस्पिटलमै उपचारका क्रममा मंगलबार बेलुका निधन भएकाे छ । उनमा गत १३ गते काेराेना पुष्टि भएकाे थियाे ।
याे संगै गण्डकी प्रदेशमा काेराेनाका कारण हालसम्म ज्यान गुमाउनेकाे संख्या ९३ पुगेकाे छ ।
प्रकाशित मिति २०७७ कात्तिक १९ गते बुधबार ०६:०४




