२०८३ कात्तिक १० गते सोमबार

ढोरपाटनमा पूर्णिमाको रौनक (फोटो फिचर)

ढोरपाटनमा पूर्णिमाको रौनक (फोटो फिचर)

विनोद ढुंगाना

@Public 4K Tv

२०८० वैशाख २३ गते शनिबार ०८:०१

यो मन्दिरमा वर्षको २ पटक ठूलो मेला लाग्छ, बैशाख पूर्णिमा र जनैपूर्णिमाको दिन ।

पोखरा

ढोरपाटनको विशाल घाँसे मैदानसँगै छ, उत्तरगंगा ढोरबराह मन्दिर । यो मन्दिरमा वर्षको २ पटक ठूलो मेला लाग्छ, बैशाख पूर्णिमा र जनैपूर्णिमाको दिन ।

शुक्रबार बैशाख पूर्णिमाको अवसरमा ढोरपाटनको ढोरबराह मन्दिरमा विशेष मेला लाग्यो । मेलामा बाग्लुङसँगै रुकुम पूर्व, रुकुम पश्चिम, म्याग्दी, रोल्पा, पाल्पा, प्युठान लगायतका जिल्लाबाट हजारौं दर्शनार्थी सहभागी भए । मनोकांक्षा पूरा भएपछि सयौंको संख्यामा भेडाको साँढको बली दिए ।

स्थानीयका अनुसार ढोरपाटनको ढोरबराह मन्दिरमा पहिलो पटक दर्शन गर्न पुग्नेहरु भाकल गरेर फर्कन्छन् । मनोकांक्षा पूरा भएपछि दोस्रो पटक बलीसहित पुजा अर्चना गर्न पुग्छन् । तस्बिरमा हेर्नुहोस्, ढोरपाटनको ढोरबराह मन्दिरमा शुक्रबार लागेको मेलाको रौनक ।

 

प्रकाशित मिति २०८० वैशाख २३ गते शनिबार ०८:०१
हजुरको प्रतिक्रिया