२०८३ असोज २४ गते शनिबार

पाेखरामा ट्राफिक सचेतना सप्ताह सुरु (फोटो फिचर)

पाेखरामा ट्राफिक सचेतना सप्ताह सुरु    (फोटो फिचर)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २५ गते सोमबार ०९:००

सडक अनुशासन कायम गरी सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि साता व्यापी कार्यक्रमको आज सुरुआत गरिएको हो ।

‘नसामा सवारी, दुर्घटनाको तयारी’

पोखरा

सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेता सप्ताह कार्यक्रम पाेखरामा सुरु भएको छ । सडक अनुशासन कायम गरी सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि साता व्यापी कार्यक्रमको आज सुरुआत गरिएको हो । गण्डकी प्रदेशको आन्तरिक ममिला तथा कानुन मन्त्रालय, पोखरा महानगरपालिका, नेपाल प्रहरी राजमार्ग सुक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको आयोजनामा कार्यक्रम भएको हो ।


गण्डकी प्रदेशका ११ वटै जिल्लमा हुने सचेतना कार्यक्रमका अवसरमा पोखरामा प्रभातफेरि गरिएको छ । पोखराको मानव अधिकार चोकबाट सु्रु भएको प्रभातफेरी चिप्लेढुंगा, न्यूरोडहुँदै पोखरा सभागृहमा पुगेर सभामा परिणत भएको हो । पोखरा सभागृहमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका मेयर धनराज आचार्यले ट्राफिक सप्ताह कार्यक्रमको उद्घाटन गरेका हुन् ।

प्रभातफेरिमा विद्यार्थी, शिक्षक, सुक्षाकर्मी, विभिन्न क्लब, आम समूह, विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी भएका थिए । ¥यालीमा सहभागीहरुले नसामा सवारी, दुर्घटनाको तयारी, तीव्र गति, जीवन क्षति, तपाईं हाम्रो जिम्मेवारी, सुरक्षित सवारी लगायतका ट्राफिक सचेतना सम्बन्धी प्लेकार्ड प्रदर्शन गरेका थिए । उद्घाटन कार्यक्रम आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वद्रीनाथ अधिकारीको अध्यक्षतामा भएको थियो ।

 

 

 

प्रकाशित मिति २०८० वैशाख २५ गते सोमबार ०९:००
हजुरको प्रतिक्रिया