२०८३ साउन २१ गते बिहीबार

‘ए साथी सुन’ को ट्रेलर सार्वजनिक

‘ए साथी सुन’ को ट्रेलर सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २५ गते सोमबार ११:५०

सामाजिक विषयवस्तुमा बनेको चलचित्रमा वर्षा शिवाकोटी, सुशील पोखरेल, स्वर्गीय जयनन्द लामा, रमेश बानियाँ, आयन खड्का, बिमला गिरी, रमेश अधिकारीको अभिनय छ ।

पोखरा

चलचित्र ‘ए साथी सुन’को ट्रेलर सार्वजनिक भएको छ । जेठ ५ गतेदेखि चलचित्र देशव्यापी प्रदर्शनमा आउँदैछ ।

२ मिनेट २५ सेकेण्ड लामो ट्रेलरमा प्रेमिल भाव देखाइएको छ । सामाजिक विषयवस्तुमा बनेको चलचित्रमा वर्षा शिवाकोटी, सुशील पोखरेल, स्वर्गीय जयनन्द लामा, रमेश बानियाँ, आयन खड्का, बिमला गिरी, रमेश अधिकारीको अभिनय छ ।
कृष्मा खड्का र इभान सञ्जेल बाल कलाकारको भूमिकामा देखिएका छन् । ‘ए साथी सुन’ जयनन्द लामा अभिनित अन्तिम चलचित्र हो ।

चलचित्र लभस्टोरी, थ्रीलर र कमेडी जानरामा बनेको निर्देशक राम राघव आचार्यले बताए ।

बिना कार्की र सन्तोषकुमार राईले मिलेर चलचित्रको निर्माण गरेका हुन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको भलचित्रको सह–निर्मातामा ट्याम कटेल छन् । सिनेमालाई आरआर फिल्म्सले वितरण गर्दैछ ।

यसअघि चलचित्रको शिर्ष गीत ‘ए साथी सुन’ र लिरिकल गीत ‘मनले भन्छ’ सार्वजनिक भइसकेको छ ।

 

प्रकाशित मिति २०८० वैशाख २५ गते सोमबार ११:५०
हजुरको प्रतिक्रिया