पोखरा
परराष्ट्र मन्त्रालयमा कार्यरत नासु अनुप भण्डारी पोखरा लेखनाथको बेगनास तालमा मृत फेला परेका छन् । अन्दाजी ३१ वर्षीय भण्डारीको शव सोमबार बेगनासतालमा तैरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार विकले बताए ।
बेगनास तालको छेउमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी निरीक्षक भगवानराज थापाको कमाण्डमा खटिएको ७ जनाको टोलीले शव निकालेको हो । शव पोष्टमार्टमका लागि ल्याइएको छ ।
उदयपुर घर भएका उनी आइतबार घुम्न पोखरा आएका थिए । कार्यालय निस्केका उनले पोखरा घुम्न आएको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी विकले जानकारी दिए ।
प्रकाशित मिति २०८० वैशाख २५ गते सोमबार ०२:२१