२०८३ असोज २३ गते शुक्रबार

स्टार स्टुडियाेको आयोजनामा खुल्ला एकल नृत्य प्रतियाेगिता शुरु

स्टार स्टुडियाेको आयोजनामा खुल्ला एकल नृत्य प्रतियाेगिता शुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २० गते बिहीबार ०७:२५

पाेखरा । स्टार स्टुडियाेले चाैथाे बार्षिकाेत्सवकाे अवसर पारेर आयाेजना गरेकाे स्टार्स खुल्ला एकल नृत्य प्रतियाेगिता पाेखरामा शुरू भएकाे छ । अनलाइन मार्फत कार्तिक २५ गतेसम्म डेढ मिनेटसम्मकाे आफ्नाे नृत्यकाे भिडियाे पठाएर प्रतियोगितामा...

पाेखरा । स्टार स्टुडियाेले चाैथाे बार्षिकाेत्सवकाे अवसर पारेर आयाेजना गरेकाे स्टार्स खुल्ला एकल नृत्य प्रतियाेगिता पाेखरामा शुरू भएकाे छ ।

अनलाइन मार्फत कार्तिक २५ गतेसम्म डेढ मिनेटसम्मकाे आफ्नाे नृत्यकाे भिडियाे पठाएर प्रतियोगितामा सहभागिता जनाउन सकिने आयोजकले जनाएको छ ।  नेपाली गीतकाे प्रस्तुतीलाइ विशेष प्राथमिकतामा राखेर शुरू गरिएकाे प्रतियाेगितामा प्रथम हुनेले ५० हजार रूपैया र प्रमाणपत्र प्राप्त गर्नेछन । यस्तै द्वितिय हुनेले २५ हजार तथा तृतीय स्थान हासिल गर्नेले १२ हजार रूपैयाँ प्राप्त गर्ने स्टार स्टुडीयाेका निर्देशक जसु गुरूङले बताइन ।

प्रतियाेगितामा हरेक उमेर समुहका प्रतिष्पर्धीहरूले सहभागीता जनाउनसक्ने उनले उल्लखे गरेकि छिन ।

स्टुडियाेले यस अघि बार्षिकाेत्सवकै अवसर पारेर अनलाइन मार्फत कविता प्रतियाेगिता आयाेजना गरेकाे थियाे ।

प्रकाशित मिति २०७७ कात्तिक २० गते बिहीबार ०७:२५
हजुरको प्रतिक्रिया