२०८३ असोज २३ गते शुक्रबार

चैतमा २५ कराेडले बढ्याे विदेशी विनियम सञ्चिति

चैतमा २५ कराेडले बढ्याे विदेशी विनियम सञ्चिति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २७ गते बुधबार १२:५५

पाेखरा

चैत महिनामा मात्रै २५ करोड डलरको विदेशी विनियम सञ्चिति थप भएको छ ।

नेपाल राष्ट्र बैंककको तथ्यांक अनुसार फागुन मसान्तसम्म १० अर्ब ६९ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति चैतमसान्तसम्म १० अर्ब ९४ करोड डलर पुगेको छ ।

गत असार मसान्तमा यस्तो सञ्चिति ९ अर्ब ५४ करोड डलर रहेको सञ्चिति १४.८ प्रतिशतले बढेको हो ।

गत असार मसान्तमा नेपाली रुपैयाँमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ९ महिनाको अवधिमा १७.९ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चैत मसान्तमा सञ्चिति बढेर १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

यस्तो सञ्चितिमध्ये चैत मसान्तमा १२ खर्ब ७३ अर्ब ९९ करोड रुपैयाँ बराबर नेपाल राष्ट्र बैंक १५९ अर्ब ७४ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुसँग छ ।

९ महिनाको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिले ११ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति २०८० वैशाख २७ गते बुधबार १२:५५
हजुरको प्रतिक्रिया