२०८३ असोज २३ गते शुक्रबार

‘हल्करा’ आजदेखि देशभर

‘हल्करा’ आजदेखि देशभर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २९ गते शुक्रबार ०८:३२

गत वर्ष ५५ औँ वल्र्डफेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभल २०२२ मा हल्कराले उत्कृष्ट चलचित्रको उपाधि जित्यो । हल्कराबाटै महेश त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड प्राप्त गरे ।

पोखरा

आजदेखि नेपाली फिल्म हल्करा देशव्यापी प्रदर्शनमा आएको छ । अन्तर्राष्ट्रिय अवार्ड हात पारेसँगै चर्चामा रहेको फिल्मको निर्देशन विक्रम सापकोटाले गरेका हुन् । लेखन र सम्पादन सम्पादन समेत सापकोटाले नै गरेका छन् ।

फिल्ममा महेश त्रिपाठी र बिनिता थापामगर मुख्य भूमिकामा छन् । रामकृष्ण पोखरेलले निर्माण गरेको फिल्ममा उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्की लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

निर्देशक सापकोटा हल्करा बदलिदो समयको कथा भएको बताउँछन् । ‘नेपाली समाजको व्यथा समेटिएको छ । धैर्यता र आशाको कथा बोल्छ’, बिहिबार पोखरामा सञ्चारकर्मीसँगको भेटमा उनले भने, ‘देशको अवस्थाले विदेशिएको नेपाली समाजको बाध्यतालाई प्रस्तुत गरेका छौं ।’ प्रविधिसँगै सूचना आदानप्रदानमा आएको परिवर्तनको पाटो समेत फिल्मले देखाउने उनले बताए ।

गत वर्ष ५५ औँ वल्र्डफेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभल २०२२ मा हल्कराले उत्कृष्ट चलचित्रको उपाधि जित्यो । हल्कराबाटै महेश त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड प्राप्त गरे ।

नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा बेस्ट लङ्ग न्यारेटिभ फिल्म घोषित भएको थियो । फ्लिकर रोड आइल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाईनलसम्म पुग्दा युकेको कार्माथान बे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भएको थियो ।

हल्करा हर नेपालीको कथा भएकाले दर्शकको साथ मिल्नेमा अभिनेता महशे त्रिपाठीको आशा छ । फिल्ममा अहिले सम्म नउठाइएका विषयलाई उठाउन गरेको उनले दाबी गरे ।

५ वर्ष अगाडि छायंकन गरिएको फिल्म फेस्टिबलहरुमा रुचाइएपछि ठूलो पर्दामा रिलिज गरिएको हो । कास्की, तनहुँ र काठमाडौंको विभिन्न स्थानमा फिल्म खिचिएको छ ।

 

प्रकाशित मिति २०८० वैशाख २९ गते शुक्रबार ०८:३२
हजुरको प्रतिक्रिया