२०८३ असोज २४ गते शनिबार

तेस्रो पटक योजना आयोगको सदस्य बने अधिकारी

तेस्रो पटक योजना आयोगको सदस्य बने अधिकारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २९ गते शुक्रबार ०९:४६

तनहुँ म्याग्दे घर भएका अधिकारीको यो तेस्रो नियुक्ती हो ।

पोखरा

गण्डकी प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा डा.सुवास अधिकारी फेरि दोहोरिएका छन् । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले उनलाई आयोगको सदस्यमा दोहो¥याएको हो ।

उनी नेकपा माओवादी केन्द्रको कोटाबाट सदस्य बनेका छन् । तनहुँ म्याग्दे घर भएका अधिकारीको यो तेस्रो नियुक्ती हो ।

उनी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा पहिलो पटक योजना आयोगको सदस्य भएका थिए । दोस्रो पटक खगराज अधिकारी नेतृत्वको सरकारमा नियुक्ती पाए । सत्ता समिकरण फेरबदल भएसँगै फेरी तेस्रो पटक उनले गण्डकीको योजना आयोगको सदस्य बन्ने मौका पाएका छन् ।

गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले सपथ लिएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको जिल्लावासी गोरखाका डा. देवकोटालाई गत २४ गते उपाध्यक्षमा नियुक्त भएका थिए । उनलाई बुधबार मुख्यमन्त्री पाण्डेले सपथ खुवाएका हुन् ।

प्रकाशित मिति २०८० वैशाख २९ गते शुक्रबार ०९:४६
हजुरको प्रतिक्रिया