२०८३ असोज २४ गते शनिबार

गण्डकीको मन्त्रिमण्डलले आज पूर्णता पाउँदै, चार बजे शपथ

गण्डकीको मन्त्रिमण्डलले आज पूर्णता पाउँदै, चार बजे शपथ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २९ गते शुक्रबार ०१:००

आज ४ बजे प्रदेश प्रमुखको निवासमा मन्त्रीको शपथ ग्रहणको कार्यक्रम छ ।

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । आज दिउँसो चार बजे प्रदेश प्रमुखको निवासमा मन्त्रीको शपथ ग्रहणको कार्यक्रम छ ।

गण्डकीमा सात वटा मन्त्रालय छन् । तीमध्ये चार वटा कांग्रेस, दुई वटा माओवादी र एउटा एकीकृत समाजवादीले पाउने पक्कापक्की छ । यसअघि कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडा बिना विभागीय मन्त्री बनिसकेका छन् । अब कांग्रेसबाट दुई, माओवादीबाट एक र एकीकृत समाजवादीका एक जना सरकारमा जाने छन् ।

कांग्रेसभित्र आकांक्षी धेरै हुँदा मन्त्री बन्ने रस्साकस्सी छ । महेन्द्रध्वज जिसी, टकराज गुरूङ, दीपेन्द्रबहादुर थापामध्ये दुई जना मन्त्रिमण्डलमा जाने सम्भावना रहेको कांग्रेसका एक सांसदले बताए ।

रेशमबहादुर जुग्जालीलाई फेरि मन्त्री बनाउने माओवादीले निर्णय गरिसकेको छ । उनी यसअघि खगराज अधिकारी नेतृत्वको सरकारमा पर्यटनमन्त्री थिए ।

एकीकृत समाजवादीका एक्ला सांसद राजीव गुरूङ (दीपक मनाङे) मन्त्री बन्ने छन् ।

गत वैशाख १४ गते मुख्यमन्त्री बनेका कांग्रेस दल नेता पाण्डेले दुई हप्तापछि मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन् ।

प्रकाशित मिति २०८० वैशाख २९ गते शुक्रबार ०१:००

हजुरको प्रतिक्रिया