२०८३ साउन २१ गते बिहीबार

पोखरामा ‘हल्कारा’ हाउसफुल

पोखरामा ‘हल्कारा’ हाउसफुल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख ३० गते शनिबार ०३:४०

पोखरा
शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘हल्कारा’ले पोखरामा दर्शकको राम्रो साथ पाएको छ । पाखरेली कलाकार महेश त्रिपाठी अभिनित चलचित्रमा पहिलो दिन उनलाई दर्शकले राम्रो साथ दिएका हुन् ।

शनिबार सार्वजनिक बिदा पनि परेकाले पोखराको क्युएफएक्स सिनेमा हलमा हल्कारा हेर्न दर्शक झुम्मिएका हुन् ।

५५ औं वल्र्डफेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिबलमा हल्कारा पुरस्कृत भएपछि चलचित्र चर्चामा आएको थियो ।

उक्त फेस्टमा महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड प्राप्त भएको थियो ।

प्रकाशित मिति २०८० वैशाख ३० गते शनिबार ०३:४०
हजुरको प्रतिक्रिया