पोखरा । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले सोमबार ५९ औं स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा अनेरास्ववियु कास्कीले वृद्धाश्रममा फलफूल र एउटा विद्यालयमा स्टेसनरी वितरण गरेको छ ।
पोखरा–१३ आर्बास्थित अमरज्योति आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई कापी–कलम बाँडिएको संगठनका कास्की जिल्ला संयोजक सन्तोष पोखरेलले बताए । पोखरा–१७ स्थित पोखरा वृद्धाश्रममा रहेका ८० जनालाई गरेर २० किलो स्याउ, १५ किलो खर्बुजा, आठ दर्जन केरा वितरण गरिएको उनले जानकारी दिए ।
२०२२ साल जेठ १ गते अनेरास्ववियुको स्थापना भएको थियो ।

प्रकाशित मिति २०८० जेठ १ गते सोमबार ०७:४९