२०८३ साउन २१ गते बिहीबार

पोखरा फुड्सका २५, सामुदायिक हस्पिटलका ४ जना सहित ३१ जनामा कोरोना पुस्टि

पोखरा फुड्सका २५, सामुदायिक हस्पिटलका ४ जना सहित ३१ जनामा कोरोना पुस्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ २२ गते सोमबार ०१:३८

पोखरा । पोखरामा सोमबार बिहान एकैपटक थप ३१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार बिहान कास्कीको पोखरा महानगरका ३१ जना सहित प्रदेशका गोरखा, तनहुँ र नवलपुर जिल्लामा गरी ६७ जनामा कोरोना भाइरस देखिएको...

पोखरा । पोखरामा सोमबार बिहान एकैपटक थप ३१ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार बिहान कास्कीको पोखरा महानगरका ३१ जना सहित प्रदेशका गोरखा, तनहुँ र नवलपुर जिल्लामा गरी ६७ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।

पोखरा महानगर भित्र संक्रमण पुष्टि हुनेमा मेडीसिटी अस्पतालमा उपचाररत २ जना ७३ वर्षीय महिला तथा ७८ वर्षीय पुरुष, पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत २३ र २६ वर्षका स्टाफ नर्स, २७ र ३६ वर्षका महिला सहयोगी कर्मचारी तथा पोखरा फुड्स प्रालिमा कार्यरत १७ महिला र ८ पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी सोमबार बिहान नै तनहुँका व्यासका २७, ३६ र ४७ वर्षका पुरुष , गोरखा पालुङटारका २७ वर्षीय पुरुष तथा ६५ वर्षीया महिला, गोरखा नगरपालिकाका ९ वर्षीय बालकदेखि ५६ वर्ष उमेर समुहका ९ पुरुष तथा ४ वर्षीया बालिका देखि ४० वर्ष उमेर समूहका ७ महिला, नवलपुर देवचुली र गैंडाकोटका १५ वर्षीय बालकदेखि ५० वर्ष उमेर समुहका ११ पुरुष तथा २१, २८, ३१, र ४५ वर्षीया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

नवलपुर १२ का ४० वर्षीय संक्रमित पुरुष स्वास्थ्यकर्मी रहेको निर्देशनालयले उल्लेख गरेको छ । निर्देशनालयले अन्य सबै व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको बताएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९८ पुगेको छ । गण्डकी प्रदेशमा १ हजार ७ सय ८५ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

प्रकाशित मिति २०७७ भदौ २२ गते सोमबार ०१:३८
हजुरको प्रतिक्रिया