२०८३ असोज २४ गते शनिबार

मदन भण्डारी र जीवराज आश्रितको सम्झना

मदन भण्डारी र जीवराज आश्रितको सम्झना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ ३ गते बुधबार ०८:१७

पोखरामा पार्टीको जिल्ला अधिवेशनमा जेठ २ गते सहभागी भएर जेठ ३ गते चितवन जाँदै गर्दा दासढुंगामा दुर्घटनामा परेर दुबै नेताको निधन भएको हो।

पाेखरा

आज जेठ ३ अर्थात मदन–आश्रित स्मृति दिवस । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटना परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।पोखरामा पार्टीको जिल्ला अधिवेशनमा जेठ २ गते सहभागी भएर जेठ ३ गते चितवन जाँदै गर्दा दासढुंगामा दुर्घटनामा परेर दुबै नेताको निधन भएको हो। जिप त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा भने जीवित थिए । लामाको २०६० सालमा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन ।

कम्युनिष्टहरु नागरिकबाट चुनिएर मात्र सत्तामा पुग्नुपर्छ भन्ने मान्यता राख्ने भण्डारीले नागरिकको बहुदलीय जनवादको विकास गरेका थिए । २००९ साल असार १४ गते ताप्लेजुङमा जन्मिएका भण्डारी जननेताका रुपमा चिनिन्थे । मदन–आश्रित स्मृति दिवसका अवसरमा आज एमाले र एमालेका भातृ संगठनहरुले विभिन्न कार्यक्रम गर्दैछन् ।

पोखरामा नेकपा एमाले कास्कीले पनि कार्यक्रम गर्दैछ । एमाले कास्कीका सचिव बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार जनताको बहुदलीय जनवादको आलोकमा नेपाली समाजवादी आन्दोलन, पार्टी संगठन र निर्वाचित जनप्रतिनिधिको भूमिका विषयक कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेता सहभागी हुने एमाले कास्कीले जानकारी दिएको छ । एमालेबाट अलग्गिएर बनेको एकिकृत समाजवादीले पनि मदन–आश्रित स्मृति दिवसका अवसरमा कार्यक्रम गर्दैछ ।

प्रकाशित मिति २०८० जेठ ३ गते बुधबार ०८:१७
हजुरको प्रतिक्रिया