२०८३ साउन २१ गते बिहीबार

बजाज मोटरसाइकल खरिद गर्दा बद्रीलाई १ किलो चाँदी

बजाज मोटरसाइकल खरिद गर्दा बद्रीलाई १ किलो चाँदी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ ४ गते बिहीबार १०:२९

नयाँ वर्षको अफर अन्तर्गत पौडेलले १ किलो चाँदी हात पारे । उनले लक्की ड्रमार्फत चाँदी जितेका हुन् ।

पोखरा

पोखरा हेमजाका बद्री पौडेलले मोटरसाइकल खरिद गर्दा १ किलो चाँदी उपहार जितेका छन् ।

पौडलले बजाजको पल्सर १५० सिसीको मोटरसाइकल खरिद गरेका थिए । नयाँ वर्षको अफर अन्तर्गत पौडेलले १ किलो चाँदी हात पारे । उनले लक्की ड्रमार्फत चाँदी जितेका हुन् ।

भाग्यशाली पौडेललाई बुधबार नयाँबजारस्थित इच्छाशक्ति अटोमोबाइल्सका प्रमुख इच्छामान बुद्धाचार्यले १ किलो चाँदी हस्तानतरण गरेका छन् । इच्छाशक्तिबाट उनले मोटरसाइकल खरिद गरेका थिए ।

कोरियाबाट फर्किएपछि मोटरसाइकल खरिद गरेको पौडेलले १ किलो चाँदी जित्ने कल्पना नै नगरेको सुनाए ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८० लक्षित गर्दै नगद छुट, लो डाउन पेमेन्ट, एक्सचेन्जसँगै १ किलो चाँदी जित्ने अफर सार्वजनिक गरेको थियो । २५ जनाले १ किलो चाँदी प्राप्त गर्नेछन् ।

 

 

प्रकाशित मिति २०८० जेठ ४ गते बिहीबार १०:२९
हजुरको प्रतिक्रिया