२०८३ असोज २४ गते शनिबार

प्रधानमन्त्रीलाई सांसद भट्टराईको प्रश्न: शरणार्थी प्रकरणमा सरकारको कारबाही स्टण्डबाजीमात्रै हो कि ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ ४ गते बिहीबार ०३:४१

सांसद विद्या भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरण सरकारको कारबाही स्टण्डबाजीमात्रै हुने हो कि भन्ने प्रश्न गरिन् ।

काठमाडौं

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग १५ सांसदहरूले प्रश्नोत्तर गरेका छन् ।

सांसद विद्या भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरण सरकारको कारबाही स्टण्डबाजीमात्रै हुने हो कि भन्ने प्रश्न गरिन् ।

साथै चर्चित भ्रष्टाचारसंग सम्बन्धित घटनाका छानबिन बारे प्रश्न गर्दै उनले गम्भीर भएर जवाफ दिन दाहाललाई आग्रह गरिन् ।

जवाफमा प्रधानमन्त्री दाहालले सरकारले भ्रष्टाचारका लागि शून्य सहनशीलताको नीति अपनाएको बताए ।

उनले स्टण्डबाजमिात्रै हो भन्ने कसैले नसोच्न पनि आग्रह गर्दै दोषी देखिएमा छानबिन गरि कारबाही गरिने पनि बताए ।

प्रकाशित मिति २०८० जेठ ४ गते बिहीबार ०३:४१
हजुरको प्रतिक्रिया