२०८३ साउन २१ गते बिहीबार

अन्नपूर्ण आरोहण दिवसमा म्याराथन

अन्नपूर्ण आरोहण दिवसमा म्याराथन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ ४ गते बिहीबार ०४:२८

सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रुपमा मनाइन्छ । ‘दिवस मनाउन म्याराथन आयोजना गरेका छौं’, गुरुङले भने ।

पोखरा

पर्यटकीय गाउँ घान्द्रुकमा तेस्रो संस्करणको अन्नपूर्ण म्याराथनको तयारी थालिएको छ । म्याराथनसँगै अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवसमेत हुँदैछ ।

जेठ १७ देखि २० गतेसम्म महोत्सव हुन लागेको हो । अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु हुने म्याराथन माछापुच्छ«े आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सकिने संयोजक ललित गुरुङले बताए ।

सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रुपमा मनाइन्छ । ‘दिवस मनाउन म्याराथन आयोजना गरेका छौं’, गुरुङले भने । म्याराथनले पर्यटनको क्षेत्रमा देखिएको संकट मोचन गर्ने उनको भनाइ छ ।

म्याराथनमा पुरुषतर्फको विजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख र ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

महिलातर्फको विजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्दा दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ हात पार्नेछन् ।

पर्यटन सेन्चुरी महोत्सवमा म्याराथनसहित अन्नपूर्ण पत्रकारिता पुरस्कार, हर्स राइडिङ, गुरुङ संस्कार संस्कृतिको प्रदर्शनी, गाँउस्तरीय पुरुष भलिबल प्रतियोगिता र पुरुष खुला बास्केटबल प्रतियोगिता हुने घान्द्रुक होटल व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार भलिबल र बास्केटबल प्रतियोगितको विजेता र उपविजेताले क्रमशः ८० हजार र ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा पर्ने घान्द्रुकले सन् १९५० मा मौरिस हर्जोगले अन्नपूर्ण हिमालको शिखर चुमेपछि पर्यटकलाई आतिथ्य सत्कार टक्रयाउन थालेको हो । विदेशी पर्यटक क्याम्पिङ गर्न उक्लने घान्द्रुक विस्तारै पर्यटनमा निर्भर बन्यो। क्याम्पिङ थलो घान्द्रुकमा होटल, होमस्टे प्रशस्तै खुले ।

कोरोनाको बेला ठप्प भएको घान्द्रुक त्यसलगत्तै जुर्मुाउन थालेको छ । अहिले घान्द्रुक उक्लने विदेशीको तुलनामा आन्तरिक पर्यटकको संख्या बाक्लिएको छ ।

प्रकाशित मिति २०८० जेठ ४ गते बिहीबार ०४:२८

हजुरको प्रतिक्रिया