२०८३ साउन २१ गते बिहीबार

नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा ३२ जना विरुद्ध मुद्दा

नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा ३२ जना विरुद्ध मुद्दा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ ८ गते सोमबार १०:०६

प्रहरीका अनुसार गिरोहसँग मिलेर कार्यदल बनाउन लगाउने र त्यसलाई कार्यान्वयनको तहसम्म पुरयाउनेहरुको हकमा प्रहरीले निर्मम भएर अनुसन्धान प्रतिवदेन तयार पारेको हो

पोखरा

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जनालाई म्ुद्दा चलाउनु पर्ने निष्कर्ष प्रहरीले निकालेको छ । झन्डै २ महिना लगाएर प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदनमा ३२ जना विरुद्ध मुद्दा दर्ता गर्नुपर्न उल्लेख छ । उक्त प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेको र अरु १६ जनालाई पनि पक्राउ गरी मुद्दा दायर गर्नेपर्ने प्रहरीको निष्कर्ष हो । ३२ जना अभियुक्तविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन आज प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाउँदै छ ।

१०६ जना पीडित रहेको यो मुद्दामा २६ करोड ८८ लाख ५७ हजार बिगो कायम गरी मुद्दा दायर गर्नुपर्ने प्रहरी अनुसन्धानको निष्कर्ष छ । उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधसहित संगठित अपराध र ठगी गरी कम्तीमा तीन मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ । केही अभियुक्तविरुद्ध लिखतसम्बन्धी कसुर (किर्ते) मुद्दा पनि दायर हुने सम्भावना छ । यद्यपि, यससम्बन्धी अन्तिम निर्णय सरकारी वकिल कार्यालयले गर्नेछ । प्रहरीले पीडित र बिचौलियाको बयान, बालकृष्ण पन्थी कार्यदलको प्रतिवदेन किर्ते, एसएमएस र केही बाउन्स चेकलाई प्रमाणको रुपमा पेश गर्दै अनुसन्धान प्रतिवदेन तयार पारेको हो । फक्राउ परेकालाई थप ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदातले अनुमति दिएको छ ।

प्रकणरणमा हाइ प्रोफाइल व्यक्ति पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार गिरोहसँग मिलेर कार्यदल बनाउन लगाउने र त्यसलाई कार्यान्वयनको तहसम्म पुरयाउनेहरुको हकमा प्रहरीले निर्मम भएर अनुसन्धान प्रतिवदेन तयार पारेको हो । पूर्व मन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, सचिव टेकनारायण पाण्डे, गिरोहका नाइके सानु भण्डारी र केशव दुलालको विषयमा प्रहरीले पर्याप्त प्रमाण संकलन गरेको जनाएको छ ।

संगठित अपराधमा ६० दिन भित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने हदम्यादका कारण प्रतिवदेन सरकारी वकिलको कार्यालयमा बुझाएपनि हाइ प्रोफाइल नेताहरुका मुद्दामा पुनः अनुसन्धान गर्ने बाटो रहिरहने प्रहरीको भनाइ छ ।
यो प्रकरणमा १६ जना पक्राउ परेका छन् भने केही व्यक्ति अझै फरार रहेका छन् । प्रहरीले १० गते अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको स्रोतको दाबी ।

प्रकाशित मिति २०८० जेठ ८ गते सोमबार १०:०६
हजुरको प्रतिक्रिया