२०८३ असोज २४ गते शनिबार

‘जनयुद्ध’ बारे संसदमा दुई सांसदको सवाल जवाफ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ ८ गते सोमबार ०२:१३

प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेश भट्टराई र माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलबीच सवाल जवाफ भएको छ ।

काठमाडौं

प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेश भट्टराई र माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलबीच सवाल जवाफ भएको छ ।

सोमबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै एमाले सांसद भट्टराईले जनयुद्ध शब्द सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको प्रति आपत्ति जनाएका थिए ।

नीति तथा कार्यक्रमको पहिलो बुँदामै जनयुद्ध शब्दको प्रयोग भएको भन्दै उनले आपत्ति जनाए । उनले नेपालको कुनैपनि सरकारी दस्तावेजहरुमा यो शब्द हालसम्म उल्लेख नभएको भन्दै यसपटक प्रधानमन्त्रीले राष्ट्रपतिको मुखबाट जनयुद्ध शब्द वाचन गराउन लगाएको उल्लेख गरे । उनले नेपाली कांग्रेसले जनयुद्ध शब्दलाई स्वीकारेको भन्दै प्रश्न उठाए ।

त्यसपछि बोलेका माओवादी सांसद पौडेलले भट्टराईले आपत्ति जनाएको जनयुद्ध शब्दको प्रतिवाद गरे । उनले वृहत शान्ति सम्झौताको १२ बुँदे सहमतिलाई स्मरण गराउँदै मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिने तर्क गरे ।

भट्टराईलाई जवाफ दिँदै सांसद पौडेलले उक्त युद्ध माछा, भालु, अर्ना, रुख र ढुंगाहरुले नलडेको र मानिसले लडेका कारण जनयुद्ध भएको स्पष्ट पारे । उनले मानिसले लडेको युद्धलाई के भन्ने भनेर शब्दकोष पल्टाएर हेर्न पनि आग्रह गरे ।

प्रकाशित मिति २०८० जेठ ८ गते सोमबार ०२:१३
हजुरको प्रतिक्रिया