२०८३ साउन २१ गते बिहीबार

काभा महिला भलिबलमा नेपालको विजयी सुरुवात

काभा महिला भलिबलमा नेपालको विजयी सुरुवात

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ ८ गते सोमबार ०७:१४

एसियाको मध्यम स्तरको प्रतियोगिता जित्ने अवसरका रुपमा प्रतियोगितालाई लिइएको छ ।

काठमाडौं

एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले कीर्गिस्तानलाई हराएर विजयी  सुरुवात गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हल त्रिपुरेश्वरमा भएको खेलमा नेपाल ३–० को सोझो सेटमा विजयी भयो । नेपालले पहिलो सेट २५–११ ले,  दोस्रो सेट २५–१९ ले र तेस्रो सेट २५–११ ले जित्यो ।

एसियाको मध्यम स्तरको प्रतियोगिता जित्ने अवसरका रुपमा प्रतियोगितालाई लिइएको छ । आजै भएको पहिलो खेलमा उज्वेकिस्तानले श्रीलङ्कालाई  २७–२५, २५–२० र २५–१४ को सेटमा हरायो ।

यस्तै, दोस्रो खेलमा भारतले बङ्लादेशलाई ३–० को सोझो सेटमा हरायो  । भारतले बङ्लादेशमाथि २५–३, २५–९ र २५–६ को सहज जित निकाल्यो ।  प्रतियोगितामा मध्य एसियाका ८ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ए’ मा घरेलु टोली नेपालसहित भारत बङ्लादेश र किर्गिस्तान छन् । त्यस्तै, समूह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।

नेपालले भोलि बङ्लादेशसँग र पर्सि १० गते भारतसँग खेल्नेछ । राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिता आउँदो १४ गतेसम्म चल्ने छ । नेपालले यसअघि पुरुषतर्फको सेन्ट्रल एसियन जोन भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो ।

प्रकाशित मिति २०८० जेठ ८ गते सोमबार ०७:१४
हजुरको प्रतिक्रिया