पोखरा
पोखरामा भएको अरण्यज्योति कप टी–२० क्रिकेटको उपाधि पेलिक्याण्टस् क्रिकेट क्लब तनहुँले जितेको छ ।
सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा आयोजक अरण्यज्योति क्रिकेट क्लबलाई ६९ रनले पराजित गर्दै तनहुँले उपाधी जितेको हो ।
खेलमा पहिले व्याटिङ गरेको तनहुँले २० ओभरमा ४ विकेट गुमाएर १८८ रनको विशाल योगफल तयार पा¥यो ।
तनहुँको पारीमा प्रतिक श्रेष्ठले ५८, इशान पाण्डेले ४० तथा इश्वर क्षेत्रीले ३८ रनको योगदान दिए ।
अरण्यज्योतीका बल अमरसिंह राउटेला र विद्यान श्रेष्ठले समान २÷२ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको अरण्यज्योती ११९ रनमा समेटियो ।
उपाधिसँगै तनहुँले ८० हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरेको छ । उपविजेता अरण्यज्योतीले ४० हजार रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगितामा अरण्यज्योतीका अमरसिंह राउटेला म्यान अफ द सिरिज तथा वेष्ट व्याट्स्म्यान घोषित भए ।
युनिसविक्रम सिंह बेष्ट बलर बन्दा प्रतिक श्रेष्ठ म्यान अफ दि फाइनल भए ।
सर्वोत्कृष्ट खेलाडीले ५ हजार र उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
प्रकाशित मिति २०८० जेठ ८ गते सोमबार ०९:२२




