२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्री व्यस्त भएपछि मुख्यमन्त्रीहरूको बैठक स्थगित

प्रधानमन्त्री व्यस्त भएपछि मुख्यमन्त्रीहरूको बैठक स्थगित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ ९ गते मंगलबार ०२:२९

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकीको आयोजनामा पोखरामा बुधबार हुने तय भएको सातै प्रदेशका मुख्यमन्त्रीको बैठक स्थगित भएको छ ।

संसद अधिवेशन चलिरहेको र बजेटको तयारीले प्रधानमन्त्री व्यस्त भएपछि बैठक तत्काललाई स्थगित

पोखरा । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकीको आयोजनामा पोखरामा बुधबार हुने तय भएको सातै प्रदेशका मुख्यमन्त्रीको बैठक स्थगित भएको छ ।

तत्कालका लागि ‘अन्तर प्रदेश मुख्यमन्त्री बैठक’ स्थगित गरिएको गण्डकीका मुख्यमन्त्री सरेन्द्रराज पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले प्रेस विज्ञप्तीमार्फत जानकारी दिए ।

संसद अधिवेशन चलिरहेको र बजेटको तयारीले प्रधानमन्त्री व्यस्त भएपछि बैठक तत्काललाई स्थगित गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकीका प्रवक्ता रमेश घर्तीले जानकारी दिए ।

प्रदेशका समस्या, संघ सरकारले दिनुपर्ने अधिकारका विषय प्रधानमन्त्रीसँग राख्ने गरी गण्डकीका मुख्यमन्त्री पाण्डेको पहलमा बैठक आयोजना गरिएको थियो ।

प्रधानमन्त्री नभए पनि मुख्यमन्त्रीको बैठक गर्न समस्या थिएन । तर, प्रधानमन्त्रीलाई आफ्ना समस्या सुनाउँदा फलदायी हुने भएकाले उनकै अनुकूलता मिलाएर बैठक गर्ने गण्डकीका मुख्यमन्त्री पाण्डेको योजना छ ।

प्रकाशित मिति २०८० जेठ ९ गते मंगलबार ०२:२९
हजुरको प्रतिक्रिया