२०८३ साउन २१ गते बिहीबार

बिहीबार पाेखराका १३३ र नवलपरासीका १०९ जनासहित गण्डकी प्रदेशमा २७९ संक्रमित थपिए

बिहीबार पाेखराका १३३ र नवलपरासीका १०९ जनासहित गण्डकी प्रदेशमा २७९ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २० गते बिहीबार ०५:१६

पाेखरा । गण्डकी प्रदेशमा बिहीबार थप २७९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।  कुल ९०३ जनाकाे स्वाब परिक्षण भएकाे र बिहीबार १४५ जनाले काेराेना जितेर घर फर्किएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ।  प्रदेशमा...

यस्ताे छ प्रदेश र जिल्लाकाे पछिल्लाे अवस्था

पाेखरा । गण्डकी प्रदेशमा बिहीबार थप २७९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।  कुल ९०३ जनाकाे स्वाब परिक्षण भएकाे र बिहीबार १४५ जनाले काेराेना जितेर घर फर्किएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ।  प्रदेशमा बिहीबार काेभिडका कारण थप एक जनाले ज्यान गुमाएका छन ।

बिहीबार पाेखरा महानगरपालिकाका १३३ जना, नवलपरासीका १०९ जना, पर्वतका १४ जना, तनहुँका १३ जना, गाेरखाका ४ जना, स्याङजा, वाग्लुङ तथा लमजुङका २/ २ जना संक्रमित बनेका हुन ।

यता, हालसम्म प्रदेशमा ९३ हजार ८ जनाकाे परिक्षण भएकाे छ । जसमा ८ हजार ५४३ जनामा संक्रमण पुष्टि भएकाे छ । ४ हजार ८०२ जनाले काेराेना जितेका छन भने ८६ जनाकाे मृत्यु भएकाे छ । प्रदेशभर हाल ३ हजार ६४५ जना सक्रिय संक्रमित रहेकाे निर्देशनालयले उल्लखे गरेकाे छ ।

यस्तै, पछिल्लाे अपडेट अनुसार कास्कीमा हालसम्म ३ हजार १०५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । जसमध्ये ७ सय ७२ जनाले काेराेना जितेका छन । जिल्लामा ३८ जनाकाे काेराेनाकै कारण ज्यान गएकाे छ भने हाल जिल्लाभर २ हजार २९५ जना सक्रिय संक्रमित रहेका छन ।

प्रकाशित मिति २०७७ कात्तिक २० गते बिहीबार ०५:१६

हजुरको प्रतिक्रिया