२०८३ असोज २४ गते शनिबार

सिद्ध माविलाई १ लाख छात्रवृत्ति प्रदान

सिद्ध माविलाई १ लाख छात्रवृत्ति प्रदान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १० गते बुधबार ०८:५३

वडाध्यक्ष बानियाँले बाटोघाटो बनाएर मात्र विकास भएको नमानिने बताउँदै शिक्षा, स्वास्थ्य, खेलकुदका क्षेत्रमा अघि बढेमात्र समाज विकसित रहने बताए ।

पोखरा

पोखरा १५ वडा कार्यालयले फलेपाटनस्थित सिद्ध माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि १ लाख छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयमा अध्ययनरत ५० जना विपन्न तथा जेहेन्दार छात्रछात्रालाई वितरण गर्न वडाले उक्त रकम बराबरको चेक मंगलबार हस्तान्तरण गरेको हो ।

सिद्ध माविमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ, पोखरा वडा नं. १५ अध्यक्ष तोरणबहादुर बानियाँ लगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेबहादुर आले र विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालालाई १ लाखको चेक हस्तान्तरण गरे ।

उपमेयर गुरुङले शिक्षा र खेलकुद क्षेत्रमा विशेष चासो दिँदै वडाले कार्य गरिरहेको बताइन् । वडाध्यक्ष बानियाँले बाटोघाटो बनाएर मात्र विकास भएको नमानिने बताउँदै शिक्षा, स्वास्थ्य, खेलकुदका क्षेत्रमा अघि बढेमात्र समाज विकसित रहने बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेशबहादुर आले, प्रधानाध्यापक गुरुदत्त कोइराला, सहायक प्रधानाध्यापक जुना थापा लगायतले विद्यालयकातर्फबाट वडालाई धन्यवाद दिएका थिए। ।

 

प्रकाशित मिति २०८० जेठ १० गते बुधबार ०८:५३
हजुरको प्रतिक्रिया