२०८३ असोज २४ गते शनिबार

ढोरपाटनका मेयर देवकुमार नेपाली एमाले प्रदेश कमिटीबाट निलम्बित

ढोरपाटनका मेयर देवकुमार नेपाली एमाले प्रदेश कमिटीबाट निलम्बित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ ११ गते बिहीबार ०१:५१

इमेज बचत तथा ऋण सहकारीका सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसहित ६ जना सञ्चालक अहिले फरार छन् ।

पोखरा

ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई नेकपा एमालेले निलम्बित गरेको छ । सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम फिर्ता गर्न नसकेपछि अपचलनको आरोप लागेका नेपालीलाई नेकपा एमालेले निलम्बन गरेको हो ।

जेठ ९ गते बसेको गण्डकी प्रदेश कमिटी बैठकले निलम्बन गरेको नेकपा एमाले प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले बताए । घटनाको निरुपण नहुँदासम्म निलम्बन गरिएको उनको भनाइ छ ।

इमेज बचत तथा ऋण सहकारीका सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसहित ६ जना सञ्चालक अहिले फरार छन् । उनीहरुको यात्रा रद्ध गर्ने गृह मन्त्रालयले नै निर्णय गरे पनि कहाँ छन् भन्ने अत्तोपत्तो छैन ।

बागलुङमा ३ र पोखरामा १ वटा कार्यालय रहेको सहकारीको २ अर्बभन्दा बढी रकम बचतकर्तालाई तिर्न बाँकी रहेको अनुमान गरिएको छ ।

गत जेठ ५ गते नै ढोरपाटनका मेयरसमेत रहेका नेपालीले इलाका प्रशासन कार्यालय बुर्तिवाङमा असुरक्षाको महसुस गरेको र केही समय उपचारका लागि बाहिर जानुपर्नेसमेत उल्लेख गर्दै निवेदन दिएका थिए । त्यसलगत्तै उपाध्यक्ष डोरबहादुर परियारलाई कार्यावाहक अध्यक्ष जिम्मेवारी दिएर नेपाली फरार भएका थिए । अहिले कार्यवाहक अध्यक्ष परियारसहित ६ जना नै सम्पर्कबिहीन छन् भने बचतकर्ता आफ्नो रकम डुब्ने चिन्ताले बाग्लुङ र पोखरामा धर्ना दिइरहेका छन् ।

प्रकाशित मिति २०८० जेठ ११ गते बिहीबार ०१:५१
हजुरको प्रतिक्रिया