२०८३ साउन २१ गते बिहीबार

स्टेप बाई स्टेप प्रदेशस्तरीय फुटसलः शनिबार एकैदिन ६ खेल

स्टेप बाई स्टेप प्रदेशस्तरीय फुटसलः शनिबार एकैदिन ६ खेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १३ गते शनिबार ०५:२८

पोखरा

स्टेप बाई स्टेप स्कुल पोखराको आयोजनामा गतहप्तादेखि सुरु गरेको गण्डकी प्रदेशस्तरीय एसइई फुटसलमा शनिबार ६ खेल भएका छन् । विद्यालयले एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरेको प्रतियोगिता शनिबारदेखि सुरु भएको हो ।

शनिबार भएको दोस्रो चरणको खेलको पहिलो खेलमा इम्यानुअल एफसी विजयी भयो । इम्यानुलले टिम बेस्टलाई ३–१ गोलान्तरले पराजित गरेको हो ।

आयोजक स्टेप बाई स्टेप (दबंग्स) र टिम बेस्टबीच भएको दोस्रो खेलमा स्टेप बाई स्टेपलाई २–०ले हराउँदै टिम बेस्ट विजयी भयो । शिशु कल्याण र लुसिफर एफसीबीच भएको तेस्रो खेलमा लुसिफर एफसी २–० ले विजयी भएको थियो ।

शािनबार नै भएको चौंथौ खेल डाइमन्ड एफसीले हात पारेको छ । डाइमन्डले क्रिम्सन एफसी ३–१ ले पराजित गरेको हो । त्यस्तै, पाचौं खेल चेन्जर एफसी र मुडलिफ्ट क्याफे (भास्कर) बीच चएको थियो । जसमा भाष्करले २–० जित निकाल्यो ।

अन्तिम खेल पावरहाउस एफसी (नोबेल) र छोरेपाटन एफसी भएको थियो । जसमा पावरहाउसले १–० ले छोरेपाटनलाई पराजित गर्न सफल रह्यो ।

प्रतियोगितामा कास्की, तनहुँ, बाग्लुङ लगायत जिल्लाका २६ समूह सहभागी छन् । १ महिनासम्म प्रत्येक शनिबार प्रतिस्पर्धा हुनेछ । गत शनिबार ४ खेल भएका थिए ।

प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । साथै कक्षा ११ र १२ अध्ययनका लागि पूर्ण छात्रावृत्ति समेत पाउनेछन् ।

उपविजेताले नगद १५ हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्रसँगै कक्षा १२ सम्म ५० प्रतिशत छात्रावृत्तिमा अध्ययनको अवसर प्राप्त गर्नेछन् ।

उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले पनि अध्ययनमा पूर्ण छात्रावृत्ति पाउने आयोजकले जानकारी दिएको छ ।

 

प्रकाशित मिति २०८० जेठ १३ गते शनिबार ०५:२८
हजुरको प्रतिक्रिया