२०८३ साउन २१ गते बिहीबार

विज्ञापन खुलाउँदै नेपाल प्रहरीले माग्यो ३६० कमचारी

विज्ञापन खुलाउँदै नेपाल प्रहरीले माग्यो ३६० कमचारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २१ गते शुक्रबार ०५:०४

काठमाडौं । नेपाल प्रहरीले ३ सय ६० जना कार्यालय सहयोगीको लागि विज्ञापन खुलाएको छ । प्रहरी प्रधान कार्यालय मानवस्रोत भर्ना एवम् प्रशासन विभागले शुक्रवार विज्ञापन निकाल्दै ३ सय ६० जना कर्मचारी माग गरेको हो । विभागले कार्यालय सहयोगीका...

काठमाडौं । नेपाल प्रहरीले ३ सय ६० जना कार्यालय सहयोगीको लागि विज्ञापन खुलाएको छ ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत भर्ना एवम् प्रशासन विभागले शुक्रवार विज्ञापन निकाल्दै ३ सय ६० जना कर्मचारी माग गरेको हो ।

विभागले कार्यालय सहयोगीका रुपमा भान्छे, माली, हजाम, सिलाइबुनाई, कुचीकार र खेलाडीको लागि विज्ञापन आह्वान गरेको हो ।

जागिर खान इच्छुकले पुस ६ गतेसम्म फारम बुझाइसक्नु पर्नेछ । फारम ७७ वटै जिल्लाका प्रहरी कार्यालयमा बुझाउन सकिनेछ ।

त्यस्तै प्रदेशका विभिन्न तालिम केन्द्रहरुमा समेत बुझाउन सकिने प्रहरीले जानकारी दिएको छ ।

१८ वर्ष उमेर पुरा भई २५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति २०७७ कात्तिक २१ गते शुक्रबार ०५:०४
हजुरको प्रतिक्रिया