२०८३ साउन २१ गते बिहीबार

फेवातालमा डुबेर एकको मृत्यु

फेवातालमा डुबेर एकको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १४ गते आइतबार ०७:५७

घान्द्रुक घर भएका उनी पोखराको चाउथेमा बस्दै आएका थिए ।

पोखरा

पोखराको फेवातालमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रक घर भएका ६३ वर्षीय मिन गुरुङको मृत्यु भएको हो ।

घान्द्रुक घर भएका उनी पोखराको चाउथेमा बस्दै आएका थिए । शनिबार तालमा डुबेर बेपत्ता भएका उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको रेस्क्यु टोलीले खोजी गरेको थियो । उनको शवलाई फेला पारेर पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको थियो ।

 

 

 

प्रकाशित मिति २०८० जेठ १४ गते आइतबार ०७:५७
हजुरको प्रतिक्रिया