पोखरा
पोखरा-२५ हेम्जामा जीपको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । बाग्लुङबाट पोखरा तर्फ आउँदै गरेको लु ३ च ५१२ नम्बारको जिपले हेम्जाको सुन्दरपुरी चोकमा आईतबार करिब साँझ ७ बजे उक्त व्यक्तिलाई ठक्कर दिइ घाइते बनाएको थियो ।
अन्दाजी ३० वर्षीय पुरुषको पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भयो ।
मृतकको परिचय अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जिप र जिप चालकलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान कार्य अघि बढेको छ ।
प्रकाशित मिति २०८० जेठ १४ गते आइतबार ०४:५५