२०८३ साउन २३ गते शनिबार

गणतन्त्र स्थापनाको १५ वर्ष पूरा

गणतन्त्र स्थापनाको  १५ वर्ष पूरा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १५ गते सोमबार ०७:५७

२०६२/०६३ को १९ दिने जनआन्दोलनले २ सय ३८ वर्ष लामो राजतन्त्र अन्त्य गरेपछि १५ जेठ २०६५ मा गते जननिर्वाचित संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था शुभारम्भ भएको घोषणा गरेको थियो ।

पाेखरा 

आज गणतन्त्र दिवस । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १५ वर्ष पूरा भएको छ । २०६२/०६३ को १९ दिने जनआन्दोलनले २ सय ३८ वर्ष लामो राजतन्त्र अन्त्य गरेपछि १५ जेठ २०६५ मा गते जननिर्वाचित संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था शुभारम्भ भएको घोषणा गरेको थियो ।

देशको शासन व्यवस्था नै परिवर्तन भइ गणतन्त्रात्मक व्यवस्था सुरु भएको दिनका रुपमा प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । आज गणतन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै छ ।

गण्तन्त्रका अवसरमा रेशमलाई माफी

राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले रेशमको कैद माफीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । ७ जना जेष्ठ नागरिकसहित ४८२ जनाको बाँकी कैद सजाय माफी भएको छ । संविधानको धारा २७६ र फौजदारी कसुुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ तथा ज्येष्ठ नागरिक ऐनको दफा १२ बमोजिम उनीहरुको बाँकी कैद सजाय माफी भएको हो । दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका कैदीको सजाय माफी दिन सक्ने व्यवस्था छ ।

 

प्रकाशित मिति २०८० जेठ १५ गते सोमबार ०७:५७
हजुरको प्रतिक्रिया