२०८३ साउन २१ गते बिहीबार

१७ खर्ब हाराहारीमा बजेट ल्याउँदै संघ सरकार

१७ खर्ब हाराहारीमा बजेट ल्याउँदै संघ सरकार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १५ गते सोमबार ०८:०३

यो वर्ष अर्थतन्त्र सुस्ताएको र त्यसको राजस्व असुलीमा धक्का दिएकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट चालु आवको भन्दा सानो आकारको हुने भएको हो ।

पोखरा

केन्द्र सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ । दिउँसाे ४ बजे सरकारकातर्फबाट अर्थमन्त्री डा. प्रकाश शरण महतले संसदमा आर्थिक वर्ष २०८0/८१ को बजेट प्रस्तुत गर्नेछन् । उनले संघीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियको संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ ।

अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा १५ जेठमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । चालु आर्थिक वर्षमा राजस्व असुली कमजोर र आगामी वर्ष पनि अर्थतन्त्रमा ठूलो सुधार आउने संकेत नदेखेपछि सरकारले नयाँ वर्षको बजेट १७ खर्ब रुपैयाँ सेरोफेरोमा ल्याउने तयारी गरेको छ ।

तर, यो वर्ष अर्थतन्त्र सुस्ताएको र त्यसको राजस्व असुलीमा धक्का दिएकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट चालु आवको भन्दा सानो आकारको हुने भएको हो । चालु वर्षमा १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट आएको थियो ।

प्रकाशित मिति २०८० जेठ १५ गते सोमबार ०८:०३
हजुरको प्रतिक्रिया