२०८३ साउन २१ गते बिहीबार

आईपीएल :पहिलाे उपाधी जित्ने बैग्लाेरकाे सपनामा हैदराबाद बाधक

आईपीएल :पहिलाे उपाधी जित्ने बैग्लाेरकाे सपनामा हैदराबाद बाधक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २२ गते शनिबार ०८:००

पाेखरा । आईपीएल २०२० काे जारी सिजनकाे रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै सनराइजर्स हैदरावादले दोश्रो क्वालीफायरमा स्थान बनाएको छ । हारसंगै बैंगलोरको पहिलो आईपीएल उपाधि जित्ने सपना चकनाचुर भएको छ । लिगमा बैंगलोरको...

हैदराबादकाे भेट दिल्लीसंग, जित्नेले मुम्बईसंग फाइनल खेल्ने

पाेखरा । आईपीएल २०२० काे जारी सिजनकाे रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै सनराइजर्स हैदरावादले दोश्रो क्वालीफायरमा स्थान बनाएको छ ।

हारसंगै बैंगलोरको पहिलो आईपीएल उपाधि जित्ने सपना चकनाचुर भएको छ । लिगमा बैंगलोरको यो लगातार पाँचौ हार हो । यस अघि लगातार ४ हार बेहोरेता पनि लिगको चौथो स्थानमा रहँदै बैंगलोर प्ले-अफ प्रवेश गरेको थियो । हैदरावादको लिगमा यो लगातार चौथो जित हो ।

हैदरावादले दोश्रो क्वालीफायरमा फाइनल प्रवेशको लागि दिल्ली क्यापिटल्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार अबुधाबीमा खेलिनेछ । मुम्बईले दिल्लीलाई पहिलो क्वालीफायरमा पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ । हैदराबाद र दिल्लीविचकाे विजेताले मुम्बईसंग फाइनल खेल्नेछ ।

शेख जायद स्टेडियम अबुधाबीमा सम्पन्न खेलमा बैंगलोरले दिएको १३२ रनको झिनाे लक्ष्य हैदरावादले ४ विकेट गुमाएर १९.४ ओभरमा पुरा गर्याे ।

हैदरावादको लागि केन विलियमसनले अविजित सर्वाधिक ५० रन बनाए । उनले ४४ बलमा २ चौका र २ छक्का प्रहार गरे । जेसन होल्डरले अविजित २४ रन बनाए जुन क्रममा २० बलमा ३ चौका हिर्काए । मनिष पाण्डेले २४ तथा डेभिड वार्नरले १७ रन बनाए ।

बैंगलोरको बलिंगमा मोहम्मद सिराजले सर्वाधिक २ विकेट ( ४-०-२८-२ ) लिए। एडम जम्पा ( ४-०-१२-१ ) र युजभेन्द्र चहल ( ४-०-२४-१ ) ले समान १ विकेट लिए ।

टस हारेर ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १३१ रन बनाएको थियो ।

बैंगलोरको लागि एबि डी भिल्लीयर्सले सर्वाधिक ५६ रन बनाए जुन क्रममा ४३ बलमा ५ चौका प्रहार गरे । जारि सिजन डी भिल्लीयर्सको यो पाँचौ तथा लिग करियरको ३८ औं अर्धशतक हो। आरोन फिन्चले ३२ रन बनाए । शिभम दुबेले ८, कप्तान बिराट कोहलीले ६, देभदत्त पडीक्कलेले १ रन बनाए । नभदिप सैनीले अविजित ९ तथा मोहम्मद सिराजले अविजित १० रन बनाए ।

ओपनिंग ब्याटिंगमा गएका बिराट कोहलीलाई दोश्रो ओभरमा जेसन होल्डरले विकेटकिपर गोस्वामीबाट क्याच आउट गराए। चौथो ओभरमा देभदत्त पडीक्कललाई पनि होल्डरले प्रियम गर्गबाट क्याच आउट गराए। चौथो नम्बरमा आएका डीभिल्लीयर्सले एक किनार सम्हालेता पनि अर्को किनारमा विकेट जाने शिलशिला जारि रह्यो ।

हैदरावादको बलिंगमा जेसन होल्डरले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २५ रन खर्चिए। आईपीएलमा होल्डरको यो व्यक्तिगत उत्कृस्ट स्पेल हो। टि नटराजनले २ विकेट ( ४-०-३३-२ ) तथा शाहबाज नदीमले १ विकेट ( ४-०-३०-१ ) लिए।

प्रकाशित मिति २०७७ कात्तिक २२ गते शनिबार ०८:००
हजुरको प्रतिक्रिया