२०८३ साउन २१ गते बिहीबार

कविता – गाउँघर

कविता – गाउँघर

देश बन्धु आचार्य

@Public 4K Tv

२०७७ कात्तिक २२ गते शनिबार ०८:३६

रुपन्देहीका देश बन्धु आचार्य समकालिन साहित्यका छाेटा विधाहरूमा कलम चलाउने लेखक हुन् । अध्ययनका क्रममा हाल पोखरामा रहेका देश बन्धुले साहित्यसंगै कलालाई समेत सम सिर्जनाका साथ अगाडी बढाईरहेका छन्। थाेरै शव्दमा समकालिक विषय उजागर...

रुपन्देहीका देश बन्धु आचार्य समकालिन साहित्यका छाेटा विधाहरूमा कलम चलाउने लेखक हुन् । अध्ययनका क्रममा हाल पोखरामा रहेका देश बन्धुले साहित्यसंगै कलालाई समेत सम सिर्जनाका साथ अगाडी बढाईरहेका छन्। थाेरै शव्दमा समकालिक विषय उजागर गर्ने उनका कविताहरू समर्थ छन ।

कविता – गाउँघर

मानौँ बाटैबाट, खेतै खेत, कान्लै कान्ला हुँदै
कुनै खुसीको खबर सुनाउन
हास्याङ्फस्यङ गर्दै दगुरेका केटाकेटी जस्तो
चोकतिरबाट माइकका आवाजहरू म तिर आइरहेछ्न् ।

सुनिरहेछु
घरको धुरिमा बसेर गिज्याइरहने
चोर जस्ता दुखहरू अब पल्किने छैनन् रे ।
साँझपख भान्साबाट खस्दैनन् रे रित्ता भाँडा ।

उ भन्दै छ
पुरानो घरको मक्किएको माटोबाट अब बन्नेछ्न् रे
सम्भावनाका पर्खाल ।
हामीले लगाएका आशाका बोटहरू हाम्रै हुने छ्न् रे,
भन्दै छ अब देखि कोहि नोकर हुनु पर्दैन ।

भाउजूहरू अब एक्लै बजार जानू पर्दैन
बोलाउँदा हुन्छ माल्दाई साँल्दाई कोको हुनुहुन्छ मुग्लानमा
आइन्दा कुनै साहुले तमसुक देखाउँदै समाउँदैनन् रे आँचल ।

यस्तै यस्तै आइरहेको थियो आवाज
मानिलिनुस् अब भोकले कोहि रुनु पर्दैन रे,…..

सोचिरहेछु!
को होला उ यतिबिधी गाउँको पिर लिने ?
हुन त गाउँमा चुनाव जो हुँदै छ ।

प्रकाशित मिति २०७७ कात्तिक २२ गते शनिबार ०८:३६
हजुरको प्रतिक्रिया