२०८३ साउन २१ गते बिहीबार

पोखरा र गौतम बुद्ध विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत

पोखरा र गौतम बुद्ध विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १५ गते सोमबार ०७:१३

काठमाडौं । सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत दिने भएको छ । आज आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री...

काठमाडौं । सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत दिने भएको छ ।

आज आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले गौतम बुद्ध र पोखरा विमानस्थलबाट उडान भर्ने वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत दिने बताएका हुन् ।

गौतम बुद्ध र पोखरा विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन हुने व्यवस्था मिलाइ यी विमानस्थलमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत दिइने बजेटमा उल्लेख गरिएको छ ।

यस्तै सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पुर्नसंरचना गर्ने भएको छ ।

सोमबार बजेट भाषणमा अर्थमन्त्री प्रकाश शरण महतले नागरिक उड्ययन प्राधिकरणलाई पुर्नसंरचना गरी अलग अलग रुपमा नियामक र सेवा प्रदायक निकायलाई छुट्टा छुट्टै बनाउन लागेको बताएका छन् ।

प्रकाशित मिति २०८० जेठ १५ गते सोमबार ०७:१३
हजुरको प्रतिक्रिया