२०८३ साउन २१ गते बिहीबार

ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने सरकारको घोषणा

ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने सरकारको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १६ गते मंगलबार ०८:१७

ज्येष्ठ नागरिकहरुको ज्ञान, सीप र अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि अन्तर पुस्तान्तरण कार्यक्रम संचालन गरिने

काठमडौं

सरकारले ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने भएको छ काठमाडौंको गोठाटारमा ४५ बेडसहितको ज्येष्ठ नागरिक अस्पताल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

बजेटमा हिंसा पीडित महिलाका लागि भक्तपुरको सूर्यविनायकमा मंगला–सहाना पुनस्थापना केन्द्र निर्माण गरिने उल्लेख गरिएको छ । बालश्रम शोषण अन्त्य गर्ने कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ । ८ वटा बाल सुधारगृहको मर्मत, सम्हारका लागि पनि बजेटको व्यवस्था गरिएको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले ज्येष्ठ नागरिकहरुको ज्ञान, सीप र अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि अन्तर पुस्तान्तरण कार्यक्रम संचालन गर्ने पनि बताए ।

प्रकाशित मिति २०८० जेठ १६ गते मंगलबार ०८:१७
हजुरको प्रतिक्रिया