२०८३ असोज २३ गते शुक्रबार

जग्गाको कित्ताकाट फुकुवा गर्दै सरकार

जग्गाको कित्ताकाट फुकुवा गर्दै सरकार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १६ गते मंगलबार ०८:३०

सरकारले महानगर र उपमहानगरमा बैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने घोषणा गरेको हो ।

काठमाडौं

सरकारले लामो समय देखि बन्द रहेको जग्गाको कित्ताकाट फुकुवा गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले जग्गाको कित्ताकाट फुकुवा गरिने बताए । उनले केही समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट फुकुवा गरी घर जग्गा क्षेत्रको कारोबार विस्तार हुने बताए ।

सरकारले महानगर र उपमहानगरमा बैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने घोषणा गरेको हो । महतले भौगोलिक सूचना प्रणालीमा आधारित वैज्ञानिक मूल्यांकन प्रणाली कार्यान्वयनमा ल्याइने बताए । उनले सरकारले चालु आर्थिक वर्षको बजेटमा महानगरपालिकामा अनुमति प्राप्त ब्रोकरमार्फत घरजग्गा किनबेच गराउने घोषणा गरेकोमा उक्त कार्यक्रम भने कार्यान्वयन नगर्ने बताए ।

उनले सरकारले उत्पादन र रोजगारः समृद्धिको आधारको नारालाई आत्मसात गरी औद्योगिकीकरणको गतिलाई तिब्रता दिने बताए । औद्योगिक प्रवद्र्धनन, पूर्वाधार एवं मानव संसाधन विकास र असल औद्योगिक सम्बन्ध कायम गरी उत्पादन र उत्पादकत्व वृद्धि गरिने बजेटमा उल्लेख छ । उनले उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि आकर्षण गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने बताए ।

 

प्रकाशित मिति २०८० जेठ १६ गते मंगलबार ०८:३०
हजुरको प्रतिक्रिया