२०८३ असोज २४ गते शनिबार

खेल पत्रकारिता तालिम सुरु

खेल पत्रकारिता तालिम सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १८ गते बिहीबार ०७:०७

तालिममा ७० जना बढी खेल पत्रकारको सहभागिता रहेको छ ।

पोखरा

पोखरामा बुधबारदेखि खेल पत्रकारिता तालिम सुरु भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको तालिमको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले उद्घाटन गरिन् । मन्त्री सिंखडाले पोखरामा क्रिकेट रंगशाला निर्माण गर्ने बताइन् ।

गण्डकी प्रदेशका खेल पत्रकारलाई लक्षित गरेर आयोजना गरिएको तालिम जेठ १९ गतेसम्म सञ्चालन हुने मञ्चले जनाएको छ । तालिममा मञ्चमा आवद्ध सदस्यको अलावा गण्डकी प्रदेशमा रहेर खेलकुदको बिटमा अगाडि बढ्न इच्छुक पत्रकारको समेत सहभागी छन् ।

तालिमको पहिलो दिन भलिवल खेलको बारेमा पूर्व राष्ट्रिय भलिवल खेलाडी लेखनाथ लम्सालले सहजीकरण गरे ।

तालिमको प्रमुख प्रशिक्षक रहेका आइसिसिका एम्पायर दुर्गा नाथ सुवेदी देवेन्द्रदले बिहिबार क्रिकेट खेलको रिपोर्टिङको बारेमा सहजिकरण गर्नेछन् ।

नेपाल टेलिभिजनको समाचार प्रमुख रहेका सुवेदी नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष समेत हुन् । उनले क्रिकेटका अलावा समग्र खेल पत्रकारिता गर्दा अपनाउनुपर्ने सावधानीका बारेमा अवगत गराउनेछन् ।

दोस्रो दिनमा नै टेनिसका भेट्रान खेलाडी तथा टेनिस प्रतियोगिताका निर्देशक राजन पौडेलले टेनिस खेलसँग सम्बन्धीत विषयमा सहजीकरण गर्नेछन् ।

तालिमको तेस्रो दिन शुक्रबार एनए कोर्ष गरेका फुटबल रेफ्री सन्तोष गुरुङ र सुशिल केसीले फुटबल खेलका बारेमा प्रशिक्षण गराउनेछन् ।

तालिममा ७० जना बढी खेल पत्रकारको सहभागिता रहेको छ ।

प्रकाशित मिति २०८० जेठ १८ गते बिहीबार ०७:०७
हजुरको प्रतिक्रिया