२०८३ साउन २१ गते बिहीबार

महिला टी–२० क्रिकेट शृङ्खलामा मलेसियाविरुद्ध नेपालको दोस्रो जित

महिला टी–२० क्रिकेट शृङ्खलामा मलेसियाविरुद्ध नेपालको दोस्रो जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १८ गते बिहीबार १२:२०

बांगीमा आज भएको तेस्रो खेलमा जितका लागि १ सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८३ रन मात्रै बनायो ।

काठमाडौं

महिला टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपालले मलेसियालाई २७ रनले हराएको छ । जितसँगै नेपालले पाँच खेलको शृङ्खलामा २–१ को अग्रता बनाएको छ । बांगीमा आज भएको तेस्रो खेलमा जितका लागि १ सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८३ रन मात्रै बनायो ।

उसका महिराह इजाती इस्माली सर्वाधिक ४४ रनमा अविजित रहेपनि टोलीको हार टार्न सकिनन् । नेपालका कविता कुँवर, सीता राना मगर र इन्दु बर्माले समान एकरएक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।

नेपालका लागि कप्तान रुवीना क्षेत्रीले सर्वाधिक २७ रन जोडिन । त्यस्तै ज्वोती पाण्डेले २३, सीता राना मगरले २१ र इन्दु बर्माले २० रन बनाए । मलेसियाकी निक नुर डीनले २ विकेट लिइन । त्यस्तै एलिसा फिर्दुज र विनफ्रिद आनीले समान एकरएक विकेट लिए ।

पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई ७ विकेटले हराएको थियो । श्रृंखला अन्तर्गत पर्सि शनिवार चौथो र आइतवार पाँचौँ तथा अन्तिम खेल हुनेछ ।

प्रकाशित मिति २०८० जेठ १८ गते बिहीबार १२:२०
हजुरको प्रतिक्रिया