२०८३ साउन २१ गते बिहीबार

सनिबार पाेखराका १५७ जनासहित गण्डकी प्रदेशमा २४७ जनामा संक्रमण पुष्टि

सनिबार पाेखराका १५७ जनासहित गण्डकी प्रदेशमा २४७ जनामा संक्रमण पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २२ गते शनिबार ०५:५७

पाेखरा । सनिबार पाेखरा महानगरपालिकाका थप १५७ जना संक्रमित थपिएका छन । पाेखराका १५७ जनासहित गण्डकी प्रदेशमा सनिबार थप २४७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । सनिबार थप हुनेहरूमा...

कुल संक्रमितकाे संख्या ९ हजार नाघ्याे

पाेखरा । सनिबार पाेखरा महानगरपालिकाका थप १५७ जना संक्रमित थपिएका छन । पाेखराका १५७ जनासहित गण्डकी प्रदेशमा सनिबार थप २४७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

सनिबार थप हुनेहरूमा पाेखरा महानगरपालिकाका १५७ जना, तनहुँका २८ जना, गाेरखाका ३१ जना, बाग्लुङका ८ जना, लमजुङका १० जना, पर्वतका २ जना, स्याङजाका ४ जना, नवलपरासीका ६ जना र बाग्लुङका १ जना रहेकाे निर्देशनालयले जनाएकाे छ ।

यससंगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे कुल संख्याले ९ हजार नाघेकाे छ । प्रदेशमा हालसम्म ९ हजार १७ जना पुगेका छन ।

प्रकाशित मिति २०७७ कात्तिक २२ गते शनिबार ०५:५७
हजुरको प्रतिक्रिया